Skip to main content

सरस्वती पुजाका अवसरमा महर्षि स्कुलमा पञ्चेवाजासहित दोहोरी गीत

काठमाडौँ । काठमाडौँको सामाखुशीमा सञ्चालित महर्षि स्कुल तथा कलेजमा सरस्वती पुजाका अवसरमा पञ्चेबाजासहित दोहोरी गीत आयोजना गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं २६ पवित्रनगरमा रहेको महर्षि स्कुलले गतवर्ष ईन्द्रेणीको टिम ल्याएर आम मानिसलाई मनोरञ्जन प्रदान गरेकोमा यसवर्ष पञ्चेबाजासहित दोहोरी गीत आयोजना गरेको हो ।

लोकदोहोरी तथा वृहद सांस्कृतिक कार्यक्रमको काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा चर्चित लोकगायक दिनेश क्षेत्री, राजु केसी, लोकगायिका रेजिना परियार, चर्चित वालगायक सुप्रिम मल्ल ठकुरी र बालगायिका रविना बसेलले दोहोरी प्रस्तुत गर्नुभएको थियो ।


महर्षीले यस बर्षको सरस्वती पुजा विद्यार्थी, शिक्षक तथा अभिभावकको उपस्थीतीमा हर्सोउल्लाहासका साथ विद्या कि देवि सरस्वतीको पुजा गरेर सम्पन्न गरेको थियो । महर्षि स्कुलले सरस्वती पुजाको अवसरमा अक्षरारम्भ गर्ने विद्यार्थीहरूलाई बिशेष छुटका साथ भर्ना गराएको थियो ।