Skip to main content

सरस्वतीको पूजाको हार्दिक निमन्त्रणा !!

विगत लामो समयदेखि यहाँहरुको मायाँ, साथ, सहयोगले आज महर्षि स्कुल हाम्रा कलिला बालबालिकाको भविष्य निर्माणमा सदैव तत्पर रहेको कुरा सर्वविदितै छ । यस अभियानमा हजूरहरुको सहयोग, न्यानो सद्भाव र सक्रिय सहभागिता प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं ।

यसैक्रममा २०८० सालको श्रीपञ्चमी (सरस्वती पूजा ) यही फागुन २ गते बुधवारका दिन विद्याकी देवी सरस्वतीको पूजा–अर्चना, प्रार्थना गरी आशीर्वाद ग्रहण गर्ने र स–साना बालबालिकालाई अक्षरारम्भ गराई कक्षा प्ले–गु्रप देखि यू.के.जी. कक्षामा भर्ना गरिने र नेपाली लोक संस्कृती झल्कने पञ्चेबाजाद्वारा विद्याकी देवी सरस्वतीलाई स्वागत गर्दै चर्चित कलाकारहरुको साथमा बृहद सांस्कृतिक कार्यक्रम रहेकाले उक्त कार्यक्रममा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।

सांस्कृतिक कार्यक्रममा सुप्रसिद्ध लोक तथा दोहोरी गायक दिनेश क्षेत्री, राजु के.सी., गायिका रेजिना परियार र इन्द्रे्रणीकी बालकलाकार रविना वसेल र यसै विद्यालयमा अध्ययनरत विद्यार्थी÷चर्चित बालकलाकार सुप्रिम मल्ल ठकुरीको सांस्कृतिक प्रस्तुति रहनेछ ।

साथै यहाँका आफ्ना नानीहरु एवं छर–छिमेकमा रहेका आफन्तका नानीबाबुहरु समेत भर्ना गर्ने कार्यमा सहयोग पु¥याइदिनुुहुन अनुरोध गर्दछौं ।

कार्यक्रम
 सरस्वती पूजा ः बिहान ७ बजे
 प्रसाद ग्रहण ः बिहान ८ बजे
 सांस्कृतिक कार्यक्रम ः बिहान ८ देखि १ बजे सम्म
 सम्पर्क नं.ः ०१–४९५१५७१, ४९६४४९३, ९८४१००३२२१

………………….
निर्मल पौडेल
प्राचार्य