Skip to main content

महर्षि स्कुलमा निःशुल्क दन्त तथा आँखा शिविर सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं २६ सामाखुशीस्थित पवित्रनगरमा सञ्चालित महर्षि स्कुलमा निःशुल्क दन्त तथा आँखा शिविर सम्पन्न भएको छ ।

महर्षि स्कुलले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रालिको सहयोगमा मंगलबार स्कुलमा अध्ययनरत विद्यार्थी तथा शिक्षकलाई निःशुल्क दन्त तथा आँखा शिविर आयोजना गरेको हो ।


दन्त शिविरमा स्कुलका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारी गरी झण्डै एक हजार व्यक्तिले सेवा लिएको विद्यालयका प्राचार्य निर्मल पौडेलले जानकारी दिनुभयो ।

महर्षि स्कूलले बालकालिकाको सर्वाङ्गीण विकासका क्षेत्रमा विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।